पार्टी प्रवेशका लागि लिखित सुझाव माग्दै स्वतन्त्र सांसद

Share this
765shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २२, मंगलबार १७:१०

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचित स्वतन्त्र सांसद (प्रतिनिधिसभा सदस्य) योगेन्द्र मण्डलले पार्टी प्रवेशका लागि मतदातासँग लिखित सुझाव माग गर्न थालेका छन् । २०७९ को मंसिरमा सम्पन्न निर्वाचनमा स्वतन्त्र निर्वाचित सांसद मण्डलले दल प्रवेशका लागि मतदातासँग लिखित सुझाव माग गरेका हुन् ।

जीवन विकास लघुवित्त वित्तीय संस्थाका संस्थापक मण्डल निर्वाचनअघि नेकपा (एमाले)मा थिए । पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए ।  ‘पुरानै दलमा प्रवेश गर्ने कि नयाँ दल खोल्ने भनेर मतदातासँग सुझाव मागिरहेको छु,’ सांसद मण्डलले भनेका छन्,‘ बहुमत मतदाताको सुझाव अनुसार अघि बढ्छु ।’

सुझाव दिने क्रममा अधिकांश मतदाताहरुले नयाँ दल खोल्न सुझाव दिइरहेका छन् । स्वतन्त्र सांसद निर्वाचित भएका मण्डललाई नेपाली कांग्रेस, एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पाटी (जसपा) ले पटक–पटक पार्टी प्रवेशको प्रस्ताव गरेका थिए ।

तर, सांसद मण्डलले आफू स्वतन्त्र निर्वाचित भएका कारण जनताको सुझाव लिएर मात्रै अघि बढ्ने जवाफ दिँदै आएका छन् ।

पार्टी प्रवेशका लागि जनतासँग सुझाव माग्ने उनले नयाँ अभ्यास गरेका हुन् । अरु स्वतन्त्र सांसद वा नेताले यसरी लिखित रुपमा निर्वाचन क्षेत्रका जनतासँग सुझाव माग गरेको जानकारी छैन ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.