राष्ट्रपतिले लगाए दाईको हातबाट टीका

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २६, शनिबार १६:००

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको टिका आफ्ना ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाएका छन् ।

राष्ट्रपति पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टिका, प्रसाद, जमरा र आर्सीवाद ग्रहण गरे । यसै अवसरमा राष्ट्रपति पौडेलले गुरु/पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका छन् ।

उन राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान यस वर्षको दसैँको शुभ साइत ११:३६ बजे टिका र जमरा ग्रहण गरेका हुन् । राष्ट्रपति पौडेलले टिका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभ साइतमा टिका जमरा लगाइदिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.