बीपी राजमार्गमा सबै प्रकारका सवारीसाधन सञ्चालन गरिने

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २८, सोमबार १३:५०

काठमाडौं । अविरल वर्षा र बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्गमा रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन सञ्चालन गरिने भएको छ । सडक डिभिजन भक्तपुरले सोमबार सूचना जारी गरी यसबारे जानकारी गराएको हो ।

राजमार्गको भकुण्डेबेँसी–वर्षेखोलाखण्डको करिब आठ किलोमिटर सडक बाढीले बगाएको थियो । त्यसपछि ट्रयाक खोलेर साना सवारीसाधन मात्र सञ्चालन गरिएको थियो । रुट अनुमति लिएका सबै प्रकारका सवारीसाधन मंगलबार (भोलि)देखि सञ्चालन गर्न योग्य हुने सडक डिभिजनले जनाएको छ ।

साथै, सडक डिभिजनले उक्त सडकखण्डमा सुक्खा पहिरो झर्ने सम्भावना रहेकाले रातिको समयमा यात्रा नगर्न अनुरोध समेत गरेको छ । भकुण्डेबेँसी–वर्षेखोलाखण्डको सडक बाढीले बगाएपछि चौकीडाँडा र माम्तीखोलानजिक डाइभर्सन निर्माण गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.