नेपालद्वारा शान्ति सेनामाथि भएको आक्रमणको निन्दा

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार ११:१०

काठमाडौं । लेबनानमा रहेका शान्ति सैनिकमाथि इजरालयबाट भएको आक्रमणको नेपालले निन्दा गरेको छ ।

सामाजिक सन्जाल एक्समार्फत परराष्ट्र मन्त्रालयले इजरायल आक्रमणको निन्दा गर्दै घटनाको जाँच गर्न र सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ ।

मन्त्रालयले नेपाल संयुक्त राष्ट्र संघको अन्तरिम बल (यू.एन.आई.एफ.आई.एल)का शान्ति सैनिकमाथि हालै भएको आक्रमणको कडा निन्दा गर्दछ भनिएको छ ।

संघर्षरत सबै पक्षलाई संयुक्त राष्ट्र संघकर्मीको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै यस्ता आक्रमण तत्काल रोक्नु पर्ने र घटनाको गहन अनुसन्धान हुनुपर्ने मन्त्रालयले भनेको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार दक्षिणी लेबनानमा रहेको शान्ति मिसनको आधार शिविरमा इजरायली सेना आइतबार जबर्जस्ती प्रवेश गरेका थिए ।

यस घटनाले शान्ति सेना र इजरायली सेनाबीच तनाव बढेको थियो । त्यसको भोलिपल्ट इजरायली सेनाले हिजबुल्ला लक्षित आक्रमण गर्दा ६ जना शान्ति सैनिकसमेत घाइते भएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.