वडाध्यक्षलाई कार्यवाहक दिएर बेलायत जाँदै धरानका मेयर 

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ असोज २९, मंगलबार ११:३५

विराटनगर ।  उपमेयर हुँदाहुँदै धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले वडा अध्यक्षलाई कार्यवाहककाे जिम्मेवारी दिएका छन् ।

१५ दिनका लागि बेलायत जान लागेका साम्पाङले  वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्रकुमार फागुलाई कार्यवाहक पालिका प्रमुखको जिम्मेवारी दिएका हुन् ।

साम्पाङ अक्टोबर १७ तारिखमा नेपालबाट बेलायत जाने छन् । उनी नाेभेम्बर २ तारिखमा फर्कने छन् ।

साम्पाङले असाेज २८ गतेबाट बेलायतबाट नफर्किएसम्म लागि कामकाज गर्नेगरी फागुलाई जिम्मा दिएका हुन् ।

धरानको उपप्रमुखमा अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि प्रमुख साम्पाङ वडाध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

बेलायतमा उनले बेलायतमा नेपाली समुदायसँग भेटघाट गर्ने छन् । बेलायतमा रहेका नेपाली समुदायकै निम्तोमा उनी त्यसतर्फ जान लागेका हुन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.