हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु

Share this
777shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ३, शनिबार ०९:४८

चितवन । चितवनको इलाका प्रहरी कार्यालयमा रहेका एक जना थुनुवाको आज मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीको हिरासत कक्षमा रहेका रत्ननगर नगरपालिका–१३ का ४५ वर्षीय महमद क्यामोदिनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कात्तिक १ गते अपराधिक लाभ कसुरमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको थियो ।

चितवन प्रहरीका अनुसार आज बिहान पौन ५ बजेतिर थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा क्यामोदिन फेला परेका थिए ।

तत्कालै उपचारका लागि भरतपुर अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको र घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.