
धरान । धरान उपमहानगरपालिकामा कार्यवाहक मेयरको जिम्मेवारी पाएका लोकेन्द्रकुमार फागोले उच्च अदालतको आदेशको उल्लंघन गरेका छन् ।
उपमेयर हुँदाहुँदै वडाध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएर मेयर हर्क साम्पाङ (हर्कराज राई) विदेश उडेका थिए । मेयरको निर्णय बदरको माग गर्दै उच्च अदालत विराटनगरमा रिट दायर भएको थियो ।
अदालतले फागोलाई दिइएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको थियो । तर, फागोले आज पनि कार्यवाहककै हैसियतामा कामकारबाही गरेका छन् ।
अदालतको आदेशको ठाडो उल्लंघन गर्दै उनी कार्यवाहककै रूपमा प्रस्तुत भएका हु्न् । अदालतको आदेश अटेर गरेका उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका छन् ।

























