मन्त्रिपरिषद् बैठक स्थगित

Share this
726shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार १६:५०

काठमाडौं । आज (सोमबार) अपरान्ह ५ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरिएको छ ।

आकस्मिक रूपमा बोलाइएको बैठक अचानक स्थगित गरिएको हो । बैठक किन बोलाइएको थियो र अन्तिम समयमा आएर किन स्थगित गरियोभन्ने केही खुलाइएको छैन ।

मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनसक्ने चर्चा थियो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरेपनि सत्ता साझेदार दल नेपाली कांग्रेसले मानेको थिएन ।

संसद् अधिवेशन नभएको बेला अध्यादेश ल्याएर नेकपा (एकीकृत समाजवादी) र अशोक राई नेतृत्वको जसपालगायतका साना दल विभाजन गर्ने तयारीमा प्रधानमन्त्री ओली थिए । तर, कांग्रेस सभापति शेरबहादुर देउवा अध्यादेशमा जान नहुने पक्षमा छन् ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.