मोरङ र उदयपुरबाट लागुऔषधसहित ७ जना पक्राउ

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ५, सोमबार १७:४३
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

विराटनगर । मोरङ र उदयपुरबाट लागुऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिजुवा र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले मोरङको रतुवामाई नगरपालिका–२ बाट लागुऔषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।

झापा कमल गाउँपालिका–५ का ४० वर्षीय संजय लिम्बू, दमकका २३ वर्षीय राजीव भुजेल, २३ वर्षीय अर्जुन लिम्बू, मोरङ पथरीशनिस्चरे–५ का ३१ वर्षीय डेबिड खड्का र ३५ वर्षीय हेमबहादुर लिम्बूलाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, उदयपुरको बेलका नगरपालिका–९ बाट सुनसरी भोक्राहा गाउँपालिका–३ का २४ वर्षीय राजारोहित यादव र २१ वर्षीय अनिष शर्मालाई १ ग्राम ४७ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

पक्राउहरुलाई सम्बन्धित प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.