किन आउँछ गिजाबाट रगत ?

Share this
740shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ६, मंगलबार १६:४०

काठमाडौं । दाँतको वरपरको मासुलाई गिजा भनिन्छ । आझभोलि गिजाबाट रगत आउने समस्या धेरैमा देखिने गरेको छ । २०२२ मा गरिएको नर्वे अनुसन्धानका अनुसार ३० वर्ष भित्रको उमेर समुहका ५ मध्ये ४ लाई गिजा बाट रगत आउने समस्या देखिएको छ ।

किन आउँछ गिजाबाट रगत ?
चिकित्सकका अनुसार हाम्रो मुखमा धेरै किसिमका जीवाणु हुन्छन् । त्यसमध्ये प्रोफाइनोमस इन्डोडेन्टल्स, ट्रेपोनेमा डेन्टिकोला र फ्रेटिब्याक्टेरियम एसपीपीहरू गिजा सम्बन्धी रोगमा धेरै पाइएको छ ।

दाँत सफा नगर्दा यस्ता जीवाणुहरू सक्रिय हुने गर्छन् । जसले गर्दा गिजा सुन्निने गर्छ र रगत आउने समस्या देखिन्छ । त्यसैले नियमित दाँत सफा गर्नुपर्छ ।

यस्तै कडा ब्रस र धेरै बलको प्रयोग गरेर ब्रस गर्दा पनि रगत आउने समस्या देखिएको हुनसक्छ । गिजाको छाला पातलो हुने भएकोले कडा ब्रस र धेरै बल प्रयोग गर्दा गिजाको छालामा घाउ हुने र रगत आउने समस्या देखिन सक्छ ।

अर्को भनेको आहारमा भिटामिनको कमी पनि हो । हामीले खाने आहारमा सही मात्रामा भिटामिन नपुग्दा यसको कमीले पनि गिजा सम्बन्धी समस्या निम्तिने गर्छ ।

यस्तै वंशाणुगत रोगका कारण पनि यो समस्या आएको हुनसक्छ । शरीमा हुने वंशाणुगत रोग जस्तै हेमोफिलिया, वन विलब्रान्ड डिजिज दिले पनि गिजाबाट रगत आउने समस्या निम्ताउन सक्छ ।

नियमित औषधीको सेवनले पनि यो समस्या आएको हुनसक्छ । मुटुका बिरामीलाई रगत पातलो गराउन प्रयोग हुने औषधि सेवनले गर्दा गिजाबाट रगत आउने समस्या देखिन सक्छ ।

रोकथामका उपाय के ?
यसका रोकथामका उपाय धेरै छन् । पहिलो उपाय भनेकै मौखिक स्वास्थ्यमा ध्यान दिनु हो । त्यसैले खाना खाएपछि नियमित ब्रस गर्ने बनि बसाल्नुपर्छ । दुई दाँतको बिचको फोर सफा गर्न डेन्टल फ्लसको प्रयोग गर्नुपर्छ ।

त्यस्तै नरम ब्रस र सही मात्रामा बल प्रयोग गर्नुपर्छ । ब्रसको माथिल्लो भागलाई ब्रसिङ सरफेस भनिन्छ । ब्रस गर्दा यो भाग आधा दाँत र आधा गिजामा पर्ने गरेर राख्नु पर्छ । ब्रस गर्ने भन्दैमा धेरै बल र समय लगाउनुहुँदैन ।

हामीले गिजाको मसाजमा पनि ध्यान दिनुपर्छ । ब्रस गरेपछि सफा औंलाले गिजालाई मसाज गर्न सकिन्छ । यसो गर्दा गिजामा रगत को प्रवाह बढ्छ र रगत आउने समस्या कम हुँदै जान्छ ।

यस्तै भिटामिन सी र के बढी मात्रामा पाइने खाने कुराहरूको सेवन गर्नुपर्छ भने ६ महिनामा एकचोटी आफ्नो दाँत सफा गर्न डेन्टल चिकित्सकलाई भेट्नुपर्छ । शरीरमा कुनै वंशाणुगत रोग भए/नभएको, आफूले खाने औषधिले गर्दा गिजाबाट रगत आएको/नआएको बारे जानकारी लिन चिकित्सकलाई देखाउनुपर्छ ।

तपाइको प्रतिक्रिया
बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि साढे ५ खर्ब बजेट सिफारिस
कांग्रेसको संकल्प : चुनावअघि गठबन्धन नगर्ने, रुख चिह्नमै एक्लै प्रतिस्पर्धा
गगन थापाको ४६ पृष्ठे प्रतिवेदनमा कांग्रेस बदल्ने प्रस्ताव (पूर्णपाठसहित)
अत्यावश्यकबाहेक भोटेकोशी–त्रिशूलीमा खोज तथा उद्धार स्थगित
कांग्रेसमा डिजिटल सदस्यतादेखि प्राइमरीसम्म, संगठन सुधारको नयाँ खाका
मोरङको जहदाबाट ८४ किलो बढी गाँजा बरामद
सुरु भयो कांग्रेस महाधिवेशनको बन्द सत्र, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेस विधानमा व्यापक फेरबदलको प्रस्ताव
प्रहरीको काम कारबाही नागरिकले रेकर्ड गर्न पाउनुपर्ने मागमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश
सर्वोच्चमा न्यायाधीश छनोट गर्न न्याय परिषद् बैठक बस्दै
विपद् व्यवस्थापनमा सम्झौता हुँदैन : प्रधानमन्त्री शाह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×