नाबालिका छोरीसहित आमा बेपत्ता, भेट्नेलाई ५० हजार पुरस्कार

Share this
776shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ६, मंगलबार १८:१८

विराटनगर । मोरङकी एक महिला तीन वर्षीय छोरीसहित बेपत्ता भएकी छन् । मोरङको सुनबर्सी नगरपालिका– ४ घर भएकी कृष्टि राजवंशी असोज २१ गतेदेखि बेपत्ता भएकी हुन् ।

श्रीमान अमितकुमार दासले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै गरी खोजी गरिदिन आग्रह गरे । बेपत्ता श्रीमतीलाई खोजी गरिरहेका उनले श्रीमतीलाई भेट्नेलाई ५० हजार रुपैयाँ पुरस्कार दिने बताए । 

उनका अनुसार असोज २१ गते माइती बेलबारी नगरपालिका– ८  बलुवाहीबाट श्रीमानको घर आउनेक्रममा बेपत्ता भएकी हुन् ।

बेपत्ता महिला ।

श्रीमती हराएपछि उनले असोज २३ गते इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी गरेका थिए । तर प्रहरीले पनि श्रीमतीको खोजी नगरेको उनकाे गुनासो छ ।

उनका अनुसार विराटनगर आसपासमा आफन्तले देखेको खबर आएपछि खोजी गरेका थिए । तर अमितले श्रीमती र छोरीलाई भेटेनन् ।

‘१५– १६ दिन भयो सुतेको छैन, खानको टुङ्गो छैन,’ उनले भने,‘ खोजी गरिरहेको छु तर कतै भेटेको छैन ।’

श्रीमतीलाई भेटे ९७०९७३४४९०४ मा सम्पर्क गरिदिन उनले आग्रह गरे ।

तपाइको प्रतिक्रिया
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×