
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सांसद विश्वप्रकाश शर्माले सहकारी ठगीमा २÷४ जना जेल पर्ने भए भनेर रुने, होहल्ला गर्ने काम नगर्न आग्रह गरेका छन् ।
सहकारीमा ठगिने र ठग्ने दुवै कुनै न कुनै दलसँग आवद्ध भएको हुँदा पीडतको पक्षमा लाग्न उनले अग्रह गरेका हुन् । पार्टीका मानिसहरू सहकारी ठगीमा जेल पर्ने भए भनेर रूवाबासी नगर्न आग्रह गरेका छन् ।
अनुसन्धानलाई सहयोग गर्न र अदालतको फैसला पर्खन अग्रह गर्दै, महामन्त्री शर्माले भने, ‘कुनै पनि घटनामा निष्पक्ष रुपमा अनुसन्धान गर्न दिनुपर्छ । अनुसन्धानका क्रममा घटनामा संलग्न नभएको पाइए त्यस्ता व्यक्तिलाई कसैले पनि जबरजस्ती फसाउन सक्दैनन् । त्यही भए कुनै पनि घटनाको निष्पक्ष छानबिन गर्ने वातावरण बनाइदिन सबैमा आग्रह गर्छु । काँग्रेस, एमाले, माओवादी, राप्रपा र रास्वपाका २ ÷४ मान्छे सहकारी ठगीमा जेल पर्ने भए भनेर रुवाबासी नगरौं ।’
महान्त्री शर्माले सामाजिक सञ्जाल एक्समा बुधबार भनाइ पोस्ट भनेका छन्, ‘अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं । स्पष्ट हौं, दोषीलाई कारबाही र बचतकर्ताको रकम फिर्ता आजको राष्ट्रिय आवश्यकता हो ।’

























