सरकारको १ सय दिनको काममा सत्तारुढ दलका नेताहरु खुसी

Share this
723shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ७, बुधबार १४:३५

काठमाडौं । बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकमा सरकारको १ सय दिन सन्तोषजनक रहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

उनले १ सय दिनको मूल्यांकन सुनाउँदै शेयर बजारमा आएको सुधारका साथै अरु सूचकलाई देखाएर अर्थतन्त्र लयमा आउन थालेको बताए । बाढी पहिरोलगायतका जनसरोकारका सवालमा र सुशासनमा सरकारले गम्भिर भएर काग गरिरहेको सुनाए ।

रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगीमा संलग्न जो कोहीमाथि पनि कारबाही हुन्छ ।’ उनले राष्ट्रिय राजनीतिका विषयमा सत्तारुढ दलहरुको साझा धारणा बनाउनु पर्नेमा समेत जोड दिए ।

काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीलाई साथ दिँदै सुरुको १ सय दिन सरकारका ‘हनिमुन पिरियड’ भएको र विपक्षीहरुले विरोध गरेर अनावश्यक भ्रम सिर्जना गर्न खोजेको बताए । देउवाले प्रधानमन्त्रीकाे कामकाे प्रशंसा गर्दै १ सय दिनकाे उपलब्धि  एकदम ठीक भएकाे बताए ।

संसदीय छानबिन समितिको प्रतिवेदन मात्रै कार्यान्वयन गरेको बताउँदै, गृहमन्त्री रमेश लेखकले भने, ‘प्रधानमन्त्रीले रविलाई पूर्वाग्रहका आधारमा पक्राउ गरेको भनेर गलत प्रचार गरिए छ । रास्वपाले भीड जम्मा गरेर छानबिन र न्याय निरुपण प्रक्रियालाई नै प्रभावित पार्न खोजिएको छ ।’

काँग्रेसका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ गर्दा आफूहरुले विरोध नगरेको भन्दै यसबारे बोल्न सत्तारुढ दलहरुलाई लेखकले आग्रह गरे ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.