
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ढल्ने दिवा सपना कसैले नदेख्न आग्रह गरेका छन् ।
नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता इतिहास र हैसियत भएका दल मिलेर बनेको यो सरकार कुनै पनि हालतमा नढल्ने उनको दाबी थियो ।
सरकारको १०० दिनको उपलब्धिबारेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले काम गर्न नदिने उद्देश्यले सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने जस्ता अफवाह फैलाउने गरिएको टिप्पणी गरे ।
यस्तो छ सम्बोधनको पूर्णपाठ

























