
काठमाडौं । चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुख केन्द्र तानिएका छन् ।
सीडीओ इन्द्रदेव यादवलाई गृह मन्त्रालयमा तानिएको छ भने नेपाल प्रहरी प्रमुख एसपी भावेश रिमाललाई प्रहरी प्रधान कार्यालयमा तानिएको हो ।
गृह मन्त्रालयले नयाँ सीडीओको रूपमा प्रकाश पौडेललाई पठाएको छ । त्यस्तै मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछाने पक्राउको विरोधमा गर्दै आएको प्रदर्शन नियन्त्रण गर्न नसकेको र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाहसंस्कार गर्दा रोक्न नसकेको भन्दै उनीहरुलाई सरुवा गरिएको गृह स्रोतले बताएको छ ।

























