कोशी प्रदेश : शेखर कोइरालाले नाम नपठाएपछि भूपेन्द्रलाई दुई मन्त्रालय

Share this
782shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ८, बिहीबार १४:१६

विराटनगर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण मन्त्रीको नाम नपठाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कांग्रेसको भागमा परेको मन्त्रालय कांग्रेसकै मन्त्रीलाई जिम्मा लगाएका छन् ।

बिहीबार मुख्यमन्त्री कार्कीले कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय कांग्रेसबाट सरकारको नेतृत्व गरेका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईलाई दिएका हुन् । ‘कांग्रेसको भागमा परेका कारण सरसल्लाहमा उहाँहरूलाई नै जिम्मेवारी दिएको हो,’ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने,‘ यति भएपछि सरकारले पूर्णता पनि पायो ।’

मुख्यमन्त्री निकट स्रोतका डाक्टर शेखर कोइराला समूहले गुनासो गरेपछि कांग्रेसको भागको मन्त्री कांग्रेसलाई जिम्मा दिइएको हो । ‘उहाँहरूले नाम पठाउन सक्नु भएन, नपठाएपछि अर्काको भागको मन्त्रालय धेरै समय किन राख्नु,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘ आन्तरिक भागबन्डाको विषय अब उहाँहरूले नै मिलाउनुहुन्छ ।’

गत असार तेस्रो साता कांग्रेस एमालेको नयाँ समीकरण बनेपछि कोशीमा एमालेले मुख्यमन्त्रीसहित ५ र कांग्रेसले ४ मन्त्रालय र दुई राज्यमन्त्री पाउने सहमति भएको थियो । पार्टीको भागमा परेको ४ मध्ये दुई मन्त्रालयमा डाक्टर शेखर कोइरालाले दाबी गरे । एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन सभापति शेरबहादुर देउवा तयार भएपनि कोइराला समूहले नाम पठाएन । कोइराला समूहले नाम नपठाएपछि गत भदौ २८ गते कांग्रेसबाट ३ जना मन्त्री बनेका थिए ।

डेढ महिनासम्म कोइराला समूहले नाम नपठाएपछि कांग्रेसलाई नै जिम्मा दिएको हो । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले कांग्रेसको भागमा परेका कारण मुख्यमन्त्रीले जिम्मेवारी दिएको बताए । दलले मन्त्री पठाएपछि मन्त्रालय जिम्मा लगाउने उनले बताए । यता काेइराला समूहले भने दुई वटा मन्त्रालय नपाएसम्म मन्त्रीकाे नाम नपठाउने बताएकाे छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.