
विराटनगर । तास खेल्दै गरेको अवस्थामा बिहीबार साँझ मोरङको सुनवर्षीबाट ४ जना पक्राउ परेका छन् ।
सुनवर्षी नगरपालिका–९ भेडवाथानका ५३ वर्षीय कहरसिंह राजवंशीको घरको कोठामा तास खेल्दै गरेको अवस्थामा राजवंशीसहित सुनवर्षी–९ का ४७ वर्षीय सुरेशप्रसाद साह, सुनवर्षी–६ का ३७ वर्षीय नित्यानन्द सुतिहार र रंगेली नगरपालिका–७ का ४६ वर्षीय उमेश पौदार पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले साँझ ५ः३० बजेतिर तासको खालमा छापा हानेको थियो । खालबाट ३ बुक तास र १ लाख ८२ हजार रूपैयाँ नगद बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।























