उदयपुरबाट ९ जना जुवाडे पक्राउ

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार ११:०६

उदयपुर । उदयपुरबाट प्रहरीले ९ जना जुवाडेलाई पक्राउ गरेको छ ।

त्रियुगा नगरपालिका–९ स्थित जंगबहादुर राईको ब्रोइलर कुखुरा फार्मभित्र जुवा खेलिरहेका बेला उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा त्रियुगा–९ का राजु कार्की, त्रियुगा–१० का गेशराज राउत, ११ का रवीन्द्र राई, १२ का वसन्त राई, १३ पदम राई र त्रियुगा–१५ का विजय राई रहेका छन् । रौतामाई गाउँपालिका घर भएका कमल तामाङ, मनोज मगर र जयकुमार राई पनि पक्राउ परेका छन् ।

उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीका अनुसार पक्राउ परेकाको साथबाट ४ लाख १४ हजार ५ सय ७५ रूपैयाँ र १६ वटा कौडा बरामद भएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.