
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा आगलागी हुँदा ३ लाख बराबरको क्षति भएको छ ।
दानबहादुर खड्काको बाँस र काठ प्रयोग गरेर बनाइएको गाई बाँध्ने ग्वालीमा बिहीबार मध्यरातमा आगलागी भएको हो । प्रहरीका अनुसार खोले पकाउने क्रममा ग्वालीमा अचानक आगलागी भएको हो ।
आगोले ग्वालीसहित ग्वालीभित्र रहेका काठपात जलेर ध्वस्त भएको छ । स्थानीय र दमकलको सहयोगमा प्रहरीले शुक्रबार बिहानका राति १ः३० बजेतिर आगो नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार आगलागीमा मानवीय र चौपाया क्षति भने भएन ।























