अरिंगालले टोकेर शुभराजको मृत्यु

Share this
699shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार ११:२९

पाँचथर । पाँचथरको फिदिम नगरपालिका–६ का २६ वर्षीय शुभराज तुम्रोकको अरिंगालले टोकेर मृत्यु भएको छ ।

अरिंगालको टोकाइबाट सिकिस्त बिरामी परेका उनको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । शुभराजलाई बुधबार अरिंगालले टोकेको थियो ।

अरिंगालले टोकेर घाइते भएका उनलाई स्थानीय क्लिनिकमा उपचार गरेर घरमै राखिएको थियो । अवस्था गम्भीर बनेपछि उपचारका लागि फिदिम ल्याउने तयारी भइरहेको बेला उनको मृत्यु भएको जानकारी प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.