गृहले गर्यो सीडीओहरुको सरुवा, को कहाँ परे ?

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक ९, शुक्रबार १६:००

काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । सहसचिव तथा उपसचिवस्तरका कर्मचारीहरू सरुवामा परेका छन् ।

सरुवामा पर्नेमा विभिन्न जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव र सहायक प्रमुख जिल्ला अधिकारीहरू छन् ।

गोपालप्रसाद अर्याललाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ। गणेश अर्याललाई पर्साका प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा गरिएको छ ।

यसैगरी, सहसचिव बासुदेव घिमिरेलाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको प्रमुख जिल्ला अधिकारी बनाइएको छ। सहसचिव लालबाबु कवारीलाई महोत्तरीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.