राजनीतिकमा विश्वास र नैतिकताको संकट आयोे : अध्यक्ष यादव

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक ११, आइतबार २०:०८

विराटनगर । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आर्थिक क्षेत्रमा मात्रै संकट नआई राजनीतिक क्षेत्रमा पनि ठूलो संकट आएको बताएका छन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यादवले अहिले आर्थिक क्षेत्रमा मात्रै नभई राजनीतिमा, विश्वास र नैतिकताको संकट अहिले जति नेपालको राजनीतिमा कहिलै नदेखिएको धारणा राखे ।

सबै संकटको बीच पनि जनतालाई झिनो आशा थियो । सरकार र सरकारी निकायको पछिल्ला कदमले त्यो पनि अब, बाँकी नरहेको यादवले बताए । उनले मुलुकले गतिलिने सम्भावना भए पनि आधारहरू बनि नसकेको धारणा राखे ।

अहिले देखिएका समस्या र संकटहरूको समाधान मुलुकले पाउनुपर्ने यादवको भनाई छ ।

उनले औद्योगिक क्षेत्रलाई धराशायी बनाएर समृद्धी र विकास नहुने स्पष्ट पारे । आर्थिक क्षेत्रमा कोभिडभन्दा जटिल समस्या देखा परेको बताए । अहिले आर्थिक क्षेत्रमा कोभिडकालमा भन्दा ठूलो संकट देखिएको प्रस्ट पारे ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक ११, आइतबार २०:०८
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.