एमालेभित्रको तानाशाही प्रवृत्ति अन्त्य गर्न भीम रावलको अपिल

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १२, सोमबार १३:४४

काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले पार्टीभित्र देखिएको तानाशाही प्रवृत्तिको अन्त्य गर्न अपिल गरेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले तानाशाही शैलीको प्रतिवाद गर्न आग्रह गरेका हुन् । एमालेले रावलसहितका केही नेताहरुलाई स्पष्टीकरण सोधेपछि उनी असन्तुष्ट बनेका छन् ।

पार्टीले सुदूरपश्चिम प्रदेश कमिटी तथा अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टिकरण सोधेपछि नेता रावलले यसको प्रतिवादमा उत्रिन आह्वान गरेका हुन्। तानाशाही शैलीमा जिल्ला कमिटीका सदस्यहरूलाई स्पष्टिकरण सोध्ने र धम्क्याउने लगत कार्य गरेको भएको भन्दै उनले विरोध जनाए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमालेको जबज, परम्परा र संवैधानिक हकविपरीत कुनै बैठक र छलफल बिना पदको दुरूपयोग गर्दै सुप प्रदेश कमिटी,अछाम र कैलाली जिल्ला कमिटीका सदस्यहरूलाई तानाशाही शैलीमा स्पष्टिकरण सोध्ने र धम्क्याउने गलत कार्यको सबै न्यायप्रेमी, इमानदार र सिद्धान्तनिष्ट व्यक्तिहरूले विरोध र प्रतिवाद गरौं।

clockप्रकाशित मिति:  २०८१ कार्तिक १२, सोमबार १३:४४
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.