बालुवाटारबाट ५० जना रास्वपा कार्यकर्ता पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १३, मंगलबार १४:०६

काठमाडौं । प्रहरीले प्रधानमन्त्री निवास बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ५० बढी कार्यकर्तालाई पक्राउ गरेको छ ।

सभापति रवि लामिछानेलाई सहकारी अपचलन, संगठित अपराध कसुरमा पक्राउ गरेको विरोधमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Advertisement

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार मंगलबार दिउँसोसम्म ५० बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई प्रहरी वृत्त मालिगाउँ, दरबारमार्ग, महाराजगन्जमा राखिएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि प्रहरीले धरपकड गरेको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.