दमकमा पटका पड्काउने क्रममा बालक घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १४, बुधबार १४:२८

झापा । झापाको दमकमा पटका पड्काउने क्रममा एक बालक घाइते भएका छन् ।

दमक नगरपालिका–६ का ६ वर्षीय विद्यम अग्रवाल घाइते भएको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार पटका पड्काउने क्रममा मंगलबार साँझ ५ बजेतिर घटना भएको हो ।

पटका पड्काउने क्रममा छर्राले अनुहारमा लागेर बालक घाइते भएका हुन् । उनलाई उपचारका लागि लाइफलाइन अस्पताल दमकमा लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि भारतको सिलिगुडीतर्फ लगिएको प्रहरीले जनाएएको छ । डीएसपी चन्दले घटनाका बारेमा अनुसन्धान भइरहेको जानकारी दिए ।

मानवीय एवं भौतिक क्षति हुने भएकाले तिहारमा रमाइलो गर्ने नाममा पटका नपड्काउन प्रहरीले सबैमा आग्रह गरेको छ । पटकाले मानिसको स्वास्थ्यमा असर पर्नुका साथै ध्वनि प्रदूषण गराउने, मृत्यु नै हुने र आगलागीलगायतको जोखिमसमेत निम्त्याउने प्रहरीले जनाएको छ ।

clockप्रकाशित मिति:  २०८१ कार्तिक १४, बुधबार १४:२८
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.