मोरङको कानेपोखरीमा अरिंगालले टोकेर ४ जना घाइते

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक १४, बुधबार १६:३७

विराटनगर । मोरङको कानेपोखरीमा बुधबार दिउँसो अरिंगालले टोकेर बालकसहित ४ जना घाइते भएका छन् ।

कानेपोखरी गाउँपालिका–७ रमाइलोबाट कानेपोखरी बजारतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ ह १५३३ नम्बरको सीटी सफारी र साइकलमा सवार रहेकाहरु अरिंगालले टोकेर घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार सफारी चालक कानेपोखरी–४ का ४७ वर्षीय दिलबहादुर धिमाल र उनकी पत्नी अनिता धिमाल तथा साइकलमा सवार ३६ वर्षीय कूलप्रसाद घिमिरे र पछाडि सवार उनकै छोरा ९ वर्षीय गौरव घिमिरे घाइते भएका छन् ।

Advertisement

घाइतेहरुलाई स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप बुझ्ने काम भइरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.