पूर्वगृहमन्त्री एवं रास्वपा सभापति लामिछानेको बयान सकियो

Share this
731shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार २०:००

पोखरा । सहकारी ठगीमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ ।

लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेका अनुसार बयानका क्रममा सहकारी ठगी सम्बन्धी प्रहरीले गरिरहेको अनुसन्धानका विविध विषयहरुमा उनीसँग प्रश्न सोधिएको जानकारी दिइन् ।

पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि प्रहरीले कात्तिक २ गते उनी पक्राउ परेका थिए । लामिछानेले आफूमाथि लागेको आरोप अस्वीकार गरेको अनुसन्धान अधिकारीहरु बताउँछन् ।

उनले सूर्यदर्शन सहकारीमा आफू शेयर सदस्य, कर्मचारी, ऋणी वा अन्य कुनै भूमिकामा नरहेको भन्दै सहकारी ठगीमा संलग्नता नरहेको दाबी गरे । सहकारीमा बचत वा ऋणका लागि कुनै पनि किसिमको खाता नखोलेको लामिछानेले बताएका छन् ।

सरकारी वकिल कार्यालय कास्कीका लामिछानेको बयान सकिएर प्रमाणीकरण पनि भइसकेको छ । लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने अनुमति कात्तिक ८ गते प्रहरीले पाएको थियो ।

उक्त म्याद सकिएका कारण बिहीबार उनलाई अदालतमा उपस्थित गराउनुपर्ने हुन्थ्यो । तर, सार्वजनिक बिदा भएकाले लामिछानेलाई कात्तिक २० गते, अर्थात तिहारपछि मात्रै अदालतमा उपस्थित गराइने छ ।

लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत रुपन्देहीले पनि अनुमति दिइसकेको छ । सुप्रिम सहकारीमा बचतकर्ताको रकम हिनामिना भएको प्रकरणमा पूरक जाहेरी परेपछि उनलाई पक्राउ गर्न प्रहरीले अनुमति लिएको हो ।

लामिछाने पक्राउ परेपछि रास्वपा आन्दोलित छ । राजनीतिक प्रतिशोधका आधारमा उनलाई पक्राउ गरिएको दाबी रास्वपाको छ । रास्वपा नेताहरुले सत्तारुढ दलका शीर्ष नेताहरुलाई भेटेर लामिछानको रिहाइको माग गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.