अनुसन्धानमा अब्बल थियाे ‘लैला’

Share this
732shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार १६:०५
अनुसन्धानका लागि इलाममा लैला । फाइल फाेटाे

विराटनगर । कोशी प्रदेशमा प्रहरीको अनुसन्धानको भरपर्दो सहयोगी कुकुर ‘लैला’ले अवकाश पाएको छ । कोशी प्रदेश केनाइन शाखा धरानमा रहेको ‘लैला’ले गत वर्ष नै अवकाश पाएको हो ।

अवकाशमा जानुअघि जर्मन सेफर्ड प्रजातिको ‘लैला’ अनुसन्धानमा अब्बल थियो । कोशी प्रदेशका विभिन्न हत्याको अनुसन्धानमा ‘लैला’ले आरोपीसम्म पुर्याएको थियो ।

नेपाल प्रहरीको कोशी प्रदेश केनाइन शाखा प्रमुख यमबहादुर श्रेष्ठका अनुसार लैलाले २०८० भदौं १८ गते प्रहरी सेवाबाट अवकाश पाएको हो । प्रहरीमा अपराधीको ‘ट्रयाक’मा प्रयोग हुने कुकुरले ६–७ वर्ष मात्रै काम गर्न सक्छन् । त्यसपछि अवकाश पाउँछन् ।

‘लैला’ले २०७७ असोज पहिलो साता सुनसरीको बराहक्षेत्र नगरपालिका– १ कटहरेकी १२ वर्षीय बालिकका मीना राईको हत्या आरोपीसम्म पुर्याएको थियो । ‘ट्याकिङ डग’ ‘लैला’ घटनास्थलबाट बाटो पैल्याउँदै आरोपीको घरसम्म पुगेको थियो ।

२०७७ असोज २९ इलामको माई नगरपालिका–१ का ४६ वर्षीय पुष्पलाल राईको हत्या अनुसन्धानमा पनि ‘लैला’ले सहयोग गर्यो । ‘लैला’कै मद्दतमा आरोपी पक्राउ परेका थिए । श्रेष्ठका अनुसार ‘लैला’ कोशी प्रदेशको अब्बल ‘ट्र्याकिङ डग थियो । जसले प्रहरीलाई थुप्रै घटनाको अनुसन्धानमा सघायो ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.