मोरङको केराबारीमा सडेको अवस्थामा भेटियो पुरुषको शव

Share this
745shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार १५:२६

विराटनगर । मोरङको केराबारी गाउँपालिका–५ मा सडेको अवस्थामा बिहीबार दिउँसो पुरुषको शव फेला परेको छ ।

सडेर दुर्गन्धित भएको अवस्थामा दिउँसो २ बजेतिर शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चिसाङ खोलाको बगरमा शव भेटिएको छ ।

अन्दाजी ४५ वर्षजस्तो देखिने पुरुषको पहिचान खुलेको छैन । शव देखेर स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट इन्सपेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा टोली परिचालन गरिएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले मृतकको पहिचानको प्रयास गर्दै घटनाको थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.