सुन तस्करीमा मुछिएका राहुल महरा सजाय भुक्तान गरेर रिहा

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १५, बिहीबार २१:३०

काठमाडौं । सुन तस्करीमा दोषी ठहर भएका राहुल महरा जेल सजाय भुक्तान गरेर छुटेका छन् । राहुल पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराका छोरा हुन् ।

राहुल अदालतले तोकेको १४ महिना कैद सजाय भुक्तान गरेर रिहा भएका हुन्। उनी सजाय भुक्तान गरेर कात्तिक १३ गते छुटेको केन्द्रीय कारागारले जनाएको छ । दुबईबाट २०७९ पुस १० गते विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग महराका बाबु–छोराको बारम्बार फोन सम्पर्क भएको देखिएको थियो ।

राहुललाई २०८० भदौ १३ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईजी)ले पक्राउ गर्यो । जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

मुद्दाको फैसला गर्दै अदालतले उनलाई भदौ १४ गते दोषी ठहर गरेको थियो । न्यायाधीश केशव पोखरेलको इजलासले दोषी ठहर गर्दै राहुललाई सजाय सुनाएको हो ।

पक्राउ परेको दिनदेखि उनको जेल सजाय गणना भएर १३ कात्तिकमा १४ महिना पूरा भएको छ । राहुलका बाबु कृष्णबहादुर पनि सुन तस्करी प्रकरणमा मुछिएका थिए । कृष्णबहादुर यसअघि ५ दिन हिरासतमा बसेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.