एकीकृत समाजवादीको कार्यविभाजनमा ढिलाइ

Share this
724shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १६, शुक्रबार १८:००

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेताको कार्यविभाजनमा ढिलाइ भइरहेको छ । महाधिवेशनपछि पार्टीभित्र असन्तुष्टि चुलिएको छ ।

नेताहरु सन्तुष्ट हुन नसक्दा पार्टीभित्रको कार्यविभाजन नै रोकिएको छ । समस्या समाधानका लागि पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । कार्यदलको बैठक निरन्तर बसे पनि कुरा मिल्न सकिरहेको छैन ।

पार्टीको महाधिवेशनमा नेतृत्वबाटै गुटबन्दी भएको भनेर नेताहरु असन्तुष्ट बनेका हुन् । नेताहरु जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायतले पार्टी अध्यक्ष माधवकुमार नेपालको ध्यानाकर्षण गराएका थिए । उनीहरुले गुटबन्दी भएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

नेताहरुले पार्टीको केन्द्रीय कमिटीलाई नै अवैध भन्दै पदाधिकारी र पोलिटब्युरो निर्वाचन खारेज हुनुपर्ने माग गरेका थिए । पार्टीका सचिव सोमप्रसाद पाण्डे भने पार्टीभित्र देखिएको समस्या हल हुने चरणमा रहेको बताउँछन् ।

कार्यविभाजनको विषयमा कार्यदल र शीर्ष नेताहरूसँग निरन्तर छलफल भइरहेको तथा पार्टीभित्रको समस्या समाधान भइसकेको उनले बताए । पाण्डेले पार्टीभित्रको कार्यविभाजनको कुरा तिहारलगत्तै टुंगिने बताए ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीलाई व्यवस्थापन गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । कार्यविभाजनको विषयलाई मात्रै केन्द्रित गरेर नेता खनालले नयाँ प्रस्ताव ल्याएको चर्चा छ ।

महाधिवेशनको म्यान्डेट एकता, सहमति र रूपान्तरण भएपनि त्यसलाई ठीक ढंगले लागू नगरेर पदाधिकारी र पोलिटब्युरोको निर्वाचन गर्दा नै पार्टीमा असन्तुष्टि सिर्जना भएको नेता खनालले स्वीकारेका थिए। पार्टी स्रोतका अनुसार असन्तुष्ट नेताहरुको माग सम्बोधन गर्ने पक्षमा अध्यक्ष नेपाल छन् ।

नेपाल नेतृत्वको कार्यदलमा झलनाथ खनाल, डा. बेदुराम भुसाल, घनेन्द्र बस्नेत, प्रमेश हमाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल छन्। पार्टीले विभाग आयोगलगायत संरचनालाई पूर्णता दिने, जनवर्गीय संगठनका इन्चार्ज तथा भौगोलिक इन्चार्ज हेरफेर गर्ने तयारी पनि गरेको छ।

हालै सम्पन्न पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा सबै कमिटी विघटन गरिएको थियो। कार्यदलले नेताहरूको योगदान र सक्षमताको आधारमा कार्यविभाजन गरी सम्बन्धित जिम्मेवारीमा परिचालन गर्ने तयारी गरेको छ। तर, पार्टीभित्र बढ्दो असन्तुष्टि र कार्यविभाजनमा भइरहेको ढिलाइले एकीकृत समाजवादीकै भविष्य के हुने हो भन्ने अवस्था सिर्जना भएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.