जसलाई भएको थियो ११ वर्ष कैदको फैसला

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १६, शुक्रबार २०:००

झापा । जबरजस्ती करणी (बलात्कार) मुद्दामा दोषी ठहर भइ अदालतबाट कैद सजायको फैसला भएको लामो समयसम्म फरार रहेका एक जनालाई झापाबाट प्रहरीले पक्राउ गरेको छ ।

अदालतले दोषी ठहर गरेको लामो समयसम्म सजाय भुक्तान नगरिकन भागिरहेका कमल गाउँपालिका–३ का ३० वर्षीय कृष्ण थेबे पक्राउ परेका हुन् । झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार थेबेलाई बिहीबार साँझ बुद्धशान्ति गाउँपालिका–३ बुधबारेबाट पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय धुलाबारीको उनलाई पक्राउ गरेको हो । जबरजस्ती करणी मुद्दामा थेबेलाई झापा जिल्ला अदालतले २०७५ फागुन ५ गते ११ वर्ष कैद सजायको फैसला गरेको थियो ।

अदालतले फैसला सुनाए पनि उनी सजाय भुक्तान नगरिकन भागिरहेको डीएसपी चन्दले बताए । खोततलासका क्रममा फेला पारेर पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका थेबेलाई प्रहरीले अदालतमा बुझाउने तयारी गरेको छ । प्रहरीले पेस गरेपछि उनलाई अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.