चाडपर्वले नेपाली समाजलाई एकतावद्ध बनाएको छ : मुख्यमन्त्री कार्की

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १७, शनिबार १०:४९

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले चाडपर्वले नेपाली समाजलाई एकतावद्ध बनाउने बताएका छन् ।

नेपाल सम्बत् ११४५ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले चाडपर्व र असल परम्पराले आदिकालदेखि नै सहिष्णु तथा सभ्य रहेको हाम्रो समाजको एकतालाई थप सुदृढ गर्ने बताए ।

लिच्छवी राजा राधवदेवको पालामा १४४५ वर्ष अघि राष्ट्रिय विभुति शंखधर साख्वाःले काठमाडौं उपत्यकाका किसानको ऋण मोचन गरी नेपाल सम्बत् चलनमा ल्याएको उल्लेख गर्दै उनले यो कार्यले लोककल्याण एवं समाजको हित, उन्नती र प्रगतिका लागि क्रियाशिल रहन सबैलाई प्रेरणा मिल्ने समेत विश्वास व्यक्त गरे ।

नेपाल सम्बत् नेपालको मौलिक सम्बत् रहेको बताउँदै मुख्यमन्त्री कार्कीले नयाँ वर्षले सद्भाव, सहिष्णुता र र बन्धुत्वको भावना वृद्धि हुने बताए ।

कार्तिक कृष्ण प्रतिपदा तिथी अर्थात लक्ष्मीपुजाको भोलिपल्टबाट नेपाल सम्बत् सुरु हुन्छ । आज विषेश गरी नेवार समुदायले नेपाल सम्बत्लाई धुमधामले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.