बालगोपालेश्वरमा भाइटीका सुरु

Share this
667shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक १८, आइतबार १०:२२

काठमाडौं । दिदीबहिनी नहुनेले बालगोपालेश्वर मन्दिरमा पुगेर तिहारको टीका लगाउँछन् ।

भाइटीका लगाउन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर एक दिन मात्रे खुला हुन्छ । मन्दिरमा भाइटीका लगाउन बिहानैदेखि भिड लागेको छ ।

यो मन्दिर हरेक वर्ष तिहारमा भाइटीका दिन खुलाइने चलन छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । नेवार समुदायका केहीले भने शनिबार नै किजापूजा गरेको जनाइएको छ ।

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराएको शिलालेखमा उल्लेख छ। पोखरीको बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.