
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरूको हातबाट टीका लगाएका छन् ।
उनलाई बहिनीहरु शारदा पण्डित र चन्दा ओझाले टीका लगाइदिएका ह्ुन् । उनले शुभसाइतमै (बिहान ११ः३७ बजे) विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई बहिनीहरुले राष्ट्रपति भवनमा टीका लगाइदिएका हुन् ।
टीका लगाइदिन बहिनीहरु राष्ट्रपति भवन नै पुगेका थिए । यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने क्रम जारी छ ।

























