
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाँखोरस्थित पोखरीमा कार खस्दा २ जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार सर्लाहीको बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गर्दा आफैं अनियन्त्रित भएर लु २ च ६७५८ नम्बरको कार पोखरीमा खसेको थियो ।
सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा खसेर कार डुबेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार कारमा महोत्तरीको गौशाला नगरपालिका–१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो, सोनमा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर र गौशाला–२ का अन्दाजी ३१ वर्षीय जनक यादव सवार थिए ।
कार पोखरीमा डुब्दा महतो र ठाकु्र बेपत्ता भएका छन् । यादव पौडिएर निस्किन सफल भएको प्रहरीले जनाएको छ । बेपत्ता भएकाको खोजी जारी राखिएको छ । खोजीका लागि सशस्त्रको गोताखोर टोलीसमेत बोलाइएको डीएसपी श्रेष्ठले बताए ।























