स्थानीय तहमा उपनिर्वाचन हुने पद ४४ पुग्यो

Share this
686shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १४:४५

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन हुने पद ४४ पुगेको छ । यसअघि ३९ पदका लागि मात्रै उपनिर्वाचन हुने भनिएको थियो ।

निर्वाचन आयोगको कात्तिक ११ गतेको निर्णयबाट रिक्त रहेका ५ पद थप भएसँगै ४४ पुगेको हो । आयोगको निर्णयसँगै अब आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त रहेका पदका लागि उपनिर्वाचन हुने छ ।

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–३ का वडाध्यक्षले राजीनामा दिए थिए । त्यहाँ पनि उपनिर्वाचन हुने भएको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने छ । उक्त वडाका वडाध्यक्षको निधन भएको थियो ।

कपिलवस्तुको शुद्धोदन गाउँपालिका–१ मा अध्यक्ष, रुकुम (पूर्वभाग) स्थित पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र पुथा उत्तरगंगा–२ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने छ । जनप्रतिनिधिको निधनपछि आयोगले ५ वटै स्थानमा मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय लिएको हो ।

आयोगका अनुसार कोशी प्रदेशमा ९, कर्णालीमा ८, मधेस र बागमतीमा ७/७, लुम्बिनी र सुदू्रपश्चिममा ६/६ तथा गण्डकी प्रदेशमा १ पदका लागि उपनिर्वाचन हुने छ ।

मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुख, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन हुँदैछ ।

त्यसबाहेक अन्य स्थानमा वडाध्यक्ष र सदस्य पदमा उपनिर्वाचन हुने छ । उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको निर्वाचन आयोगले जनाएको छ ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.