मानव बेचबिखन मुद्दाका प्रतिवादी कुवेतबाट पक्राउ

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २०, मंगलबार १७:२४
लेटाङमा महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । मानव बेचबिखन एवं ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ गरिएको छ ।

धनुषाको जनकनन्दिनी गाउँपालिका–४ का दिलिप राउतलाई पक्राउ गरेर नेपाल ल्याइएको हो । उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएको थियो ।

एनसीबी कुवेतको समन्वयमा पक्राउ परेका उनलाई मंगलबार नेपाल फिर्ता ल्याइएको छ। अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयले गत असोज १८ गते राउतविरुद्ध ‘रेड नोटिस’ जारी गरेको थियो ।

नेपाल ल्याएर उनलाई कारबाहीका लागि मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको छ । उनीमाथि थप अनुसन्धान अघि बढ्ने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.