उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समापन भयो छठ

Share this
664shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २३, शुक्रबार ०६:३४
फाइल फोटो ।

विराटनगर । छठ पर्व समापन भएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन भएको हो । व्रतालुले नदी तथा खोला किनारबाट हिजो अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका थिए । आज उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् । 

भक्तजनले बाँसको केनिया र ढाकीमा छठीमातालाई चढाउने उखु, भोगोटे, मुला, सुठुनी, नरिवल, पानीफल सिङ्घाडा, ठकुवा, भुसुवालगायत परिकारले अर्घ्य दिएका हुन् । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूर्याले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेको शास्त्रीय मान्यता रहेको र त्यही बेलादेखि छठ मनाउने परम्पराको सुरुआत भएको थियो ।

छठमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाउनुका साथै सन्तानसमेत प्राप्ति हुने जनविश्वास छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मंगलबारदेखि सुरु भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.