दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २३, शुक्रबार ०८:०८

झापा । झापाको गौरीगन्ज गाउँपालिका–३ ठेकी टोलस्थित हुलाकी सडक खण्डमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गौरीगन्ज बजारबाट कोरोबारीतर्फ जाँदै गरेको मे ८ प ८८९५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति ९ः२० बजेतिर दुर्घटनामा परेको झापा प्रहरीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक गौरीगन्ज–४ का ३० वर्षीय रोशन मगरको मृत्यु भएको छ ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा लाइफलाइन अस्पताल दमकमा राति १०ः३० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार गौरीगन्ज–२ का ३२ वर्षीय श्याम राजवंशी घाइते भएका छन । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.