फैसलाको पूर्णपाठ आएपछि मनाङे अदालत हाजिर हुने

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कार्तिक २३, शुक्रबार १६:१६

पोखरा । अपराधिक पृष्ठभूमिका गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले फैसलाको पूर्णपाठ आइसकेपछि आफैं अदालत हाजिर हुने बताएका छन् ।

आफू सम्पर्कविहीन बनेको भनेर सार्वजनिक भएका समाचारप्रति उनले आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ प्राप्त भइसकेपछि आफैं अदालत उपस्थित हुने बताए ।

Advertisement

सम्पर्कविहीन बनेको भन्ने समाचारप्रति उनले आपत्ति जनाएका छन् । यद्यपि, सर्वोच्चको फैसला आएपछि सञ्चारमाध्यमबाट बारम्बार फोन आइरहेका कारण केही समयका लागि आफूले प्रयोग गर्दै आइरहेको मोबाइल बन्द गरेको उनले स्वीकारेका छन् ।

सञ्चारमाध्यममा भ्रमक र तथ्यहीन समाचार आइरको भन्दै उनले आपत्ति जनाए । मनाङेले सर्वोच्च अदालतमा विचाराधीन रहेको आफ्नो मुद्दाको फैसला भएको विषय आफ्नो कानुन व्यावसायीमार्फत थाहा पाएको बताएका छन् । उनले फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा उपस्थित हुने समेत जनाएका छन् ।

मनाङेलाई ५ वर्ष कैद हुने उच्च अदालत (तत्कालीन पुनरावेदन अदालत) पाटनको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको थियो ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.