विराटनगर । मोरङको केराबारीमा ट्याक्टरबाट खसेर शुक्रबार दिउँसो बालकको मृत्यु भएको छ ।
केराबारी गाउँपालिका–९ बेलचौरीमा दिउँसो १२ बजेतिर दुर्घटना भएको हो । बेलचौरीबाट भलुवातर्फ जाँदै गरेको को २ त १६७ नम्बरको ट्याक्टरबाट खसेर केराबारी–६ का यमनाथ परियारका छोरा ६ वर्षीय युनिक परियारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
उनका अनुसार बालक ट्याक्टरमै सवार थिए । अचानक ट्याक्टरबाट खसेर ब्याट्रीमा टाउको ठोक्किएपछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको जोशीले बताए ।
शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । ट्याक्टर र चालक केराबारी–९ का १८ वर्षीय यमन परियारलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।