एमालेले लगायो उपनिर्वाचनका उम्मेदवारको टुंगो

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २४, शनिबार १७:४२

काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले स्थानीय तहको आगामी उपनिर्वाचनमा उठाउने उम्मेदवारको टुंगो लगाएको छ ।

आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ । निर्वाचनमा एमाले एक्लै लड्ने भएको छ । एमालेको शनिबार बसेको सचिवालय बैठकमा निर्वाचनका लागि कसैसँग पनि गठबन्धन गर्ने विषयमा छलफल नभएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए । ‘एमाले एक्लै चुनाव लड्छ । सत्ता साझेदार दलसँग स्वच्छ प्रतिस्वर्धा गर्छ,’ उनले भने ।

उनका अनुसार बैठकले उम्मेदवारहरूको टुंगोसमेत लगाएको छ । कीर्तिपुरको प्रमुखमा डा. सुरेन्द्र मानन्धर, ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वास, नलगाड नगरपालिकाका उपप्रमुखमा सुनिता बोहोरा, स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्षमा सुलोचना कुमारी भण्डारी बोहोरा, सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा जाना शाही, गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमालुंगेली शेर्पा र पुथाउत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचनलाई उम्मेदवार बनाइने ज्ञवालीले बताए ।

एमालेले उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण सामर्थ्यका साथ परिचालित हुन सिंगो पार्टी पंक्तिलाई आग्रह गरेको छ ।

भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने एमालेको निष्कर्ष

एमाले दुई छिमेकी भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने निष्कर्षमा पुगेको छ । सचिवालय बैठकले बदलिँदो विश्व राजनीतिलाई ध्यानमा राख्दै भारत र चीनसँग सन्तुलित सम्बन्ध कायम गर्नुपर्ने निष्कर्ष निकालेको हो ।

‘विश्वमा विकसित घटना क्रमलाई मध्यनजर गरेर छिमेकी मुलुकसँग असल, सन्तुलित र राष्ट्रिय हितमा आधारित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउनुपर्छ भन्ने निष्कर्षमा पुगियो,’ उनले भने । उनले प्रधानमन्त्रीको चीन भ्रमणबारे पनि छलफल भएको बताए। ज्ञवालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले डिसेम्बर पहिलो साता चीनको भ्रमण गर्ने छन् । प्रधानमन्त्रीको भ्रमण अधिकतम राष्ट्रिय हितमा हुने विश्वास उनको छ ।

त्यस्तै, सरकारको चार महिने कार्यकालबारे पनि एमाले सचिवालय बैठकमा छलफल भएको छ । सरकारको काम कारबाहीलाई अगाडि बढाउन दुई दलको विभिन्न संयन्त्र बनेको र उक्त संयन्त्रमार्फत काम कारबाहीहरू राम्रो हुँदै जाने ज्ञवाली बताउँछन् ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.