कोशीमा यी पदका लागि हुँदैछ उपनिर्वाचन

Share this
761shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २६, सोमबार ०७:०२

विराटनगर । कोशी प्रदेशमा ९ पदका लागि उपनिर्वाचन हुने भएको छ । पालिका अध्यक्ष १, जिल्ला समन्वय प्रमुख १ र वडाध्यक्ष ७ गरेर ९ पदमा चुनाव हुने हो ।

मुलुकभर स्थानीय तहका रिक्त रहेका पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । कोशीमा मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुने छ । २०७९ सालको चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित अध्यक्ष जयप्रकाश गच्छदारको गत असार ३ गते निधन भएपछि उक्त पदका लागि चुनाव हुने भएको हो ।

सत्तारुढ कांग्रेसले बलराम सरदार, नेकपा (एमाले)ले तुलसीराम विश्वास र प्रतिपक्षी (नेकपा माओवादी केन्द्र)ले नमोनारायण माझीलाई उम्मेदवार बनाएका छन् । दलहरुले निर्वाचन प्रचारप्रसारलाई तीव्र पारेका छन् ।

झापाको कनकाई नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपालिका– ६, ओखलढुंगाको मोलुङ गाउँपालिका–५, उदयपुरको त्रियुगा नगरपालिका–१२ र बेलका नगरपालिका–९ तथा ताप्लेजुङको सरिजंघा गाउँपालिका–३ को वडाध्यक्ष चयनका लागि उपनिर्वाचन हुँदैछ ।

यसअघिको निर्वाचनबाट कनकाई–९ मा एमालेका दीर्घबहादुर थापा, लालीगुराँस–८ मा कांग्रेसका तेजमान लिम्बू, गढी–६ मा एमालेका सदानन्द उराउ झाँगड र मोलुङ–५ मा कांग्रेसका गोपीकृष्ण कार्की वडाध्यक्ष निर्वाचित भएका थिए । त्यस्तै, त्रियुगा नगरपालिका–१२ मा कांग्रेसका चूडाराज काफ्ले र बेलका–९ मा कांग्रेसका पदमबहादुर खड्का तथा सरिजंघा–३ मा कांग्रेसका दिलप्रसाद बोखिम २०७९ को निर्वाचनबाट वडाध्यक्ष भएका थिए ।

वडाध्यक्षहरु कसैको मृत्यु भएको र कोही विदेश गएकाले रिक्त रहेको पदमा उपनिर्वाचन हुने भएको हो । उपनिर्वाचनको तयारी तीव्र पारिएको छ । कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी छ । राजनीतिक दलहरु पनि चुनाव केन्द्रित भएका छन् ।

जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखका लागि पनि चुनाव हुँदै छ । कांग्रेसबाट निर्वाचित डिल्लीराम खनालको गत असोजमा निधन भएपछि जिल्ला समन्वय समितिको प्रमुखका लागि चुनाव हुने भएको हो ।

मुलुकभर ४४ पदका लागि उपनिर्वाचन हुने छ । जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख १ , उपप्रमुख १ र वडाध्यक्ष ३४ पदका लागि चुनाव हुने भएको हो । मनोनयनको दिन मंसिर २ गतेलाई तोकिएको छ ।

 

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.