
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज (सोमबार) बस्दै छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बैठक बस्न लागेको हो । केहीबेरमा सुरु हुने बैठकमा केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचन लगायत विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
माओवादीले आइतबारको बैठक सोमबारलाई सारेको हो । प्रचण्ड उपत्यका बाहिरका कार्यक्रमहरूमा व्यस्त हुँदा आइतबार बैठक बस्न सकेन ।

























