
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) सु्नसरीको धरान जाने भएका छन् । विराटनगर विमानस्थल हुँदै उनी धरान जाने भएका हुन् ।
प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औं दीक्षान्त समारोहमा सहभागी हुन धरान जाने बताइएको छ । लामो समयसम्म रोकिएको दीक्षान्त समारोह नभएका कारण प्रतिष्ठानबाट अध्ययन गरिसकेका डाक्टर र नर्सहरू दीक्षित हुन पाएका थिएनन्।
सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले प्रधानमन्त्री धरान आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको बताए । विराटनगरदेखि धरानसम्मको कोशी लोकमार्गमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
धरानमा पनि पर्याप्त प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको उनको भनाइ छ । कार्यक्रमस्थल र वरपर पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

























