एमालेको जग्गा विवादको सुनुवाइ स्थगित

Share this
631shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ कात्तिक २६, सोमबार १३:३४

काठमाडौं । नेकपा (एमाले)ले पार्टी कार्यालय भवन निर्माणका लागि विवादित व्यवसायी मीनबहादुर गुरुङसँग लिएको जग्गा सम्बन्धी विवादको सोमबार तोकिएको सुनुवाइ स्थगित भएको छ ।

सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको थियो । न्यायाधीशले मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको हो । न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी चढेको थियो ।

भाटभटेनीका मालिक गुरुङले एमालेलाई जग्गादान गरेको विषयमा प्रश्न उठेको थियो । त्यही विवादमा रिट दायर भएको हो। प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले कात्तिक १२ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेश निरन्तरता दिने कि नदिने विषयमा छलफलका लागि आज पेसी तोकिएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेतले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश र कारण देखाऊ आदेश जारी गरेको थियो ।

अधिवक्ता बस्नेतले एमालेलाई जग्गा दान दिने निर्णय अन्तरिम आदेशमार्फत बदर गर्न माग गर्दै रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दर्ता गर्न अस्वीकार गर्दै सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो ।

दरपिठविरुद्ध इजलासमा निवेदन दिएपछि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आदेश दिएपछि दर्ता भयो । उक्त आदेशपछि दर्ता भएको रिटमा सर्वोच्चले भवन निर्माण तत्काल अघि नबढाउन भनेको थियो । अब नयाँ पेसी अर्को मितिमा तोकिने छ।

तपाइको प्रतिक्रिया
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.