
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सकभर निरोगी हुन आग्रह गर्दै बिरामी भए सुलभ रूपमा सरकारले उपचार गराउने बताएका छन् । सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।
नेपालबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख उनले गर्दै सकभर निरोगी हुने र बिरामी भए सुलभरूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए ।
दीक्षान्त समारोहमा उनले छिमेकी देश भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई नि:शुल्क वितरण गर्ने पनि बताए ।
प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारे । बीपीको दीक्षान्त समारोहमा ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

























