
काठमाडौं । पार्टी सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको रास्वपा नेताहरुले निष्कर्ष निकालेका छन् ।
सोमबार सभापति लामिछानेसँग छलफल गरेपछि रास्वपा नेताहरुले प्रतिशोध साँधेको निष्कर्ष निकालेका हुन् ।
प्रहरी हिरासतमा सभापति लामिछानेसँग दलको विशेष बैठक नै बसेको थियो ।
बैठकपछि उपसभापति स्वर्णिम वाग्लेले सरकारले सभापति लामिछानेमाथि प्रतिशोध साँधेको बताए । सरकारले प्रतिशोध साँधेका कारण सरकारविरुद्धको आन्दोलन जारी राख्ने उनले बताए ।
लामिछानेलाई रुपन्देही अदालत पनि लैजाने प्रहरीको तयारी छ ।
सरकारले हिरासतमा राखिराख्ने योजना बनाएका कारण दोस्रो चरणको आन्दोलनको तयारी भएको अर्का उपसभापति डीपी अर्यालले बताए ।
पटक पटक म्याद थपेर हिरासतमा राख्दै सरकारले दम्ब देखाएको रास्वपा नेताहरुको गुनासो छ ।
कात्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो ।

























