
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डल आज (मंगलबार) चीन भ्रमणमा जाँदैछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)ले नेताहरुलाई निमन्त्रण गरेको थियो । त्यही निमन्त्रणका आधारमा वरिष्ठ उपाध्यक्ष पोखरेल, सचिव लेखराज भट्ट, स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी, केन्द्रीय सदस्यहरु सरिता भुसाल, शान्ति ढकाल, कोशी प्रदेश कमिटी सचिव राजकुमार भण्डारीलगायतका नेताहरू चीन भ्रमणमा जान लागेका हुन् ।
टोलीले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्रीको चीन भ्रमणअघि एमाले नेताहरु चीन जान लागेका हुन् ।

























